राष्ट्रिय खेलकुद : खो:खो: महिलामा लुम्बिनीलाई स्वर्ण

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रि खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ।

विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो।

विभागीय आर्मीले रजत पदक जित्यो।

राउन्ड रोबिन लिग आधारमा भएको खो:खो: प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिमले कास्य पदक जितेको छ। पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश–१ लाई पराजित गर्दै कास्य पदक जितेको हो।