राष्ट्रिय खेलकुद: सफ्ट टेनिस मेन्स टिम इभेन्टसमा प्रदेश–१ लाई स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश–१ ले जितेको छ।

फाइनल खेलमा प्रदेश–१ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो।

प्रतियोगिता अन्र्तगत पहिलो सेट पुलिसले डबल्स्मा प्रदेश–१ लाई ५–१, दोस्रो सिंगल्स प्रदेश–१ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश–१ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजित भएको हो।

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा प्रदेश–१ का युकेश योञ्जन, अशिष वोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन्।

त्यस्तै, पुलिसका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लुङ्गेली, हरिबहादुर बस्नेत र भीमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझायो।