राष्ट्रिय खेलकुद: आर्मीकी जयरानीलाई एथलेटिक्समा ५ स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छन्।

उनले टिम इभेन्टमा २ र सिंगलमा ३ स्वर्ण जितेकी हुन्। ४०० मिटर महिला हडल्स, १०० मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४०० मिटर रिले दौड र १६०० मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी बन्यो।

४०० मिटर हडल्स, १०० मिटर हडल्स र लङजम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमानसिमेत कायम गरिन्।