राष्ट्रिय खेलकुद: बक्सिङमा ११ स्वर्णसहित आर्मी च्याम्पियन

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्णसहित च्याम्पियन बन्न सफल भएको छ।

एपीएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ।

प्रतियोगिताअन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते। उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन्। स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी प्रदेशका सुरज ओलीले कास्य पदक जिते।

५१ केजी तौल समूहमा नेपाल पुलिस क्लवका चन्द्रबहादुर थापाले स्वर्ण पदक जिते। उनले एपीएफ क्लवका प्रदीप महर्जनलाई ३–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन्। पराजित प्रदीले रजत पदक जित्दा वागमतीका लालप्रसाद उप्रेती र आर्मीका सुवास तामाङले कास्य पदक जिते।

५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले स्वर्ण पदक जिते। उनले प्रदेश–१ का आङपेम्वा शेर्पालाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन्। आङपेम्वाले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेशका पूर्णबहादुर गुरुङ र वागमतीका मदनकृष्ण डंगोलले कास्यमा चित्त बुझाए।

५७ केजी तौल समूहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का शिबु थापाले स्वर्ण पदक जिते। उनले एपीएफका पुरण राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन्। पराजित पुरणले रजत पदक जित्दा गण्डकीका बुद्धग्याल्मो लामा र कर्णाली प्रदेशका प्रकाश शाहीले कास्य पदकमा चित्त बुझाए।

६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवारले स्वर्ण पदक जितेका छन्। उनले लुम्बिनी प्रदेशका अनिलकुमार पुनमगरलाई ४–१ ले हराउँदै स्वर्ण जितेका हुन्। लुम्बिनीका अनिलले रजत पदक जित्दा वागमतीका सुलभ माली र गण्डकीका निश्चल गुरुङले कास्य जिते।

लाइट ६३ केजी तौल समूहमा वागमतीका मौसम रानामगरले स्वर्ण पदक जितेका छन्। उनले आर्मीका लालु आलेमगरलाई पराजित गर्दै स्वर्ण जितेका हुन्। उपबिजेता आलेले रजत पदक हात पार्दा गण्डकीका सफल घर्तीमगर र लुम्बिनीका नेत्रबहादुर थापाले कास्य पदक जिते।

६७ केजी तौल समुहमा आर्मीका दानबहादुर दर्लामीले स्वर्ण जित्दा प्रदेश १ का अभियना राईले रजत तथा दावा छिरिङ लामाले कास्य जिते।
लाइट ७१ केजीमा एनआरएनका चन्द्रबहादुर तामाङले स्वर्ण, आर्मीका दिपेश लामा रजत र एपिएफका निश्चि विष्ट र सुदुरपश्चिम प्रदेशका श्यामबहादुर महतोले कास्य प्राप्त गरे।

७५ केजी तौल समूहमा आर्मीका दिपक श्रेष्ठले स्वर्ण, लुम्बिनीका हेमराज रावतले रजत तथा प्रदेश–१ का प्रशान्त दाहाल र बागमती प्रदेशका विनिश राईले कास्य जिते।

लाइट ८० केजीतर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण, बागमतीका मोहन तामाङले रजत तथा प्रदेश–१ का फुर्देनी शेर्पा र सुदूरपश्चिम प्रदेशका राजसिंह औग्रीले कास्य हात पारे।

८६ केजी तौल समूहमा एपीएफका रविन नेपालीले स्वर्ण, बागमती प्रदेशका विजय बाटाले रजत तथा गण्डकी प्रदेशका किरण विक र लुम्बिनी प्रदेशका अमरबहादुर पालीले कास्य हात पारे।

९२ केजी तौल समूहमा गण्डकीका दिपक सुनुवारले स्वर्ण, आर्मीका गणेश प्रधानले रजत तथा एपीएफका गोकुल गुरुङले कास्य हात पारे।

९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले स्वर्ण, बागमती प्रदेशका उज्वल सिंह बस्नेतले रजत तथा लुम्बिनी प्रदेशका सुजन थापामगर र सुदूरपश्चिम प्रदेशका सुरज ओझाले कास्य हात पारे।

महिलातर्फ ४८ केजी तौल समूहमा वागमती प्रदेशकी सुष्मा तामाङले स्वर्ण जितिन्। उनले एपीएफकी नीता गोसाईंलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। नीताले रजत पदक प्राप्त गर्दा लुम्बिनीका जानकी थापामगर र आर्मीकी आरती बमजनले कास्य पदकमा चित्त बुझाए।

महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दिवाना शर्माले स्वर्ण पदक जितिन्। उनले वागमती प्रदेशकी अस्मिता दुवाललाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। अस्मिताले रजत पदक प्राप्त गर्दा एपीएफकी गंगा बुढामगर र गण्डकीकी सोनिया बरुवालले कास्य पदकमा चित्त बुझाए।

५२ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङले स्वर्ण पदक जितिन्। उनले वागमतीकी अञ्जली तेलीलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। अञ्जलीले रजत पदक प्राप्त गर्दा एपीएफकी सञ्जुमाया थिङ र लुम्बिनीकी माया केसीले कास्य पदक जिते।

५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले प्रदेश–१ की सुस्मिता राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। सुस्मिताले रजत पदक हात पार्दा पुलिसकी निशा तामाङ र सुदूरपश्चिम प्रदेशकी अनुजा तामाङले कास्यमा चित्त बुझाए।

५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापाले स्वर्ण पदक जितिन्। उनले गण्डकीकी प्रियङ्का गुरुङलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। प्रियङ्काले रजत पदक प्राप्त गर्दा वागमतीकी हेमा राई र लुम्बिनीकी सुजनकुमारीले कास्यमा चित्त बुझाए।

६० केजी तौल समूहमा एपीएफकी संगिता सुनारले स्वर्ण, आर्मीकी संगिता डंगलले रजता तथा बागमती प्रदेशकी दिछेन शेर्पा र लुम्बिनी प्रदेशकी सुरक्षाकुमारी कुमालले कास्य पदक जितिन्।

६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवालले स्वर्ण, सुदूरपश्चिम प्रदशकी संजिता चौधरीले रजत तथा एपीएफकी माया चौधरी र कर्णाली प्रदेशकी अस्मिता चन्दले कास्य जितिन्।

६६ केजी तौल समूहमा एपीएफकी विनिता मगरले स्वर्ण, सुदूरपश्चिम प्रदेशकी सपना आदीले रजत तथा बागमती प्रदेशकी निश्मा गुरुङ र आर्मीकी निरु गुरुङले कास्य हात पारिन्।

६९ केजी तौल समूहमा एपीएफकी सरस्वती रानामगरले स्वर्ण, आर्मीकी अनुपा चौधरीले रजत तथा बागमती प्रदेशकी स्मृति विश्वास र सुदूरपश्चिम प्रदेशकी प्रिया सुनारले कास्य प्राप्त गरिन्।