पोखरामा प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

जनसम्मत
कार्तिक ६, २०७९, आइतबार

पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ।

महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गर्दै प्लाष्टिकजन्य फूलगुच्छा, माला विक्री वितरण नगर्न ब्यवासयीलाई अनुरोध गरेको हो।

‘प्लाष्टिकको फुल माला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएका छौ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ भनिन्, ‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सुचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन गरेका हौ।

विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर परेको छ। सुरुमा व्यसायीले गुनासो गरेपनि पछि आफैले हटाएर सहयोग गर्नुभयो।’

उपप्रमुख गुरुङले अगाडि थपिन्, ‘चाडपर्वमा प्लाष्टिकजन्य फूलहरुको ब्यापार बढी हुने भएकाले अनुगमन गरेका हौं। अहिले सचेत मात्रै गराएका छौं, फेरी विक्री वितरण गरिएको पाइए १ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ।’

अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतम, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष, पत्रकारहरुको सहभागितामा अनुगमन गरिएको हो।