पोखरेली फोटोग्राफरहरुको देउसी भैलो

जनसम्मत
कार्तिक ७, २०७९, सोमबार

पोखरा फोटोग्राफर संघले देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी दोस्रो ठूलो चाड तिहार मनाएका छन्।

पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्रकुमार राजभण्डारीले फोटोग्राफी ब्यवसायको हकहितका लागि स्थापना गरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको उल्लेख गरे।

राजभण्डारीले ब्यवसायिक हकहितका कार्य साथै क्षमता अभिवृद्धिलगायतका कार्यहरु गर्दै आइरहेको र अझ नेपाली संस्कृतिको रक्षाका लागि यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उपसमितिकी संयोजक रिता पौडेल, सहसंयोजक डेककुमारी जलारी केसी, पूर्वअध्यक्ष रविनाथ दाहाल, संघका निवर्तमान अध्यक्ष जनकराज तिवारी, कैलाश बचत ताथा ऋण सहकारी संस्थाका अध्यक्ष षडानन्द अधिकारी, संघका संरक्षक गणेश छबीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यबीच प्रत्येक बर्षको तिहारमा शुभकामना आदान–प्रदान तथा देउसी भैलो कार्यक्रम गर्दै आएको छ। देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखरा फोटोग्राफर संघद्वारा संचालित राहतकोषमा जम्मा गर्दै आएको छ।

यसपालीको देउसी भैलोमा करीव ६० हजार रुपैयाँ संकलन भएको संघकी कोषाध्यक्ष नन्दकला पौडेलले जानकारी दिएकी छन्।