एमालेको घोषणापत्र: ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’

घोषणापत्रमा पार्टीले अघि सारेको 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिएको छ। घोषणापत्रमा देशकाे समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिएको छ

जनसम्मत
कार्तिक १५, २०७९, मंगलवार

नेकपा (एमाले) ले आज (मंगलबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको ९६ पृष्ठ लामो चुनावी घोषणापत्रमा एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ लाई मूलमन्त्र मानेको छ।

साथै, घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिएको छ।

कुल ५ खण्ड रहेको एमालेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन्।

खण्ड ‘क’ मा अध्यक्षको अपिल, खण्ड ‘ख’ मा नेकपा (एमाले) : गौरवशाली इतिहास, सही नेतृत्व, खण्ड ‘ग’ मा हाम्रो राष्ट्रिय आकांक्षा : समृद्ध नेपाल, सुखी नेपाली, खण्ड ‘घ’ मा आगामी ५ वर्ष : हाम्रा २० ग्यारेन्टी र खण्ड ‘ङ’ मा सुशासन, विकास, समृद्धि र समानताका लागि ५ वर्ष नीति तथा प्राथमिकता एमालेको घोषणापत्रमा उल्लेख छ।

 

एमालेको २० संकल्प

१. पहिलो सेसन : समृद्धि अधिवेशन

२ नेपालीलाई मात्र नागरिकता

३. हंगर : नो लंगर

४. उत्पादन स्वदेशी : बजार विदेशी

५. सुरक्षित छाना : पुग्छ सबैको चाहना

६. कमाई : युवाको रोजाई

७. पढाई : भविष्यको जग बसाई

८. प्रेसर–सुगर : भइन्न बिरामी औषधि बेगर

९. फ्री मिटर : १० हजार लिटर

१०. फ्री युनिट : ५० युनिट

११. खेतबारीमा पानी : खाडीमा हैन, स्वदेशमै जवानी

१२. दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार

१३. भूमिगत तार : सहर बजार

१४. नो लाइन : सेवा अनलाइन

१५. पाँच लाख रोजगार : न्यूनतम ज्याला २५ हजार

१६. समृद्धिसँगको नाता : सबैको बैंक खाता

१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरी

१८. फाइभ जी सञ्चार : आइटीमा चमत्कार

१९. हामी सामाजिक : सभ्य नागरिक

२०. हाम्रो अर्थ : १०० खर्ब