महिला साफ यु–१५ च्याम्पियनसीप: बंगलादेशको विजयी सुरुआत

जनसम्मत
कार्तिक १५, २०७९, मंगलवार

आयोजक बंगलादेशले महिला साफ यु–१५ च्याम्पियनसीप फुटबलमा विजयी सुरुआत गरेको छ।

ढाकामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै च्याम्पियनसीपमा बंगलादेशले सुखद सुरुआत गरेको हो।

च्याम्पियनसीपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ।

नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ।