प्रधानमन्त्री कप क्रिकेट: प्रदेश–१ को उत्कृष्ट जित

जनसम्मत
कार्तिक १५, २०७९, मंगलवार

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा प्रदेश–१ ले उत्कृष्ट जित निकालेको छ।

उसले बागमती प्रदेशमाथि ६९ रनको जित निकालेको हो।

प्रदेश–१ ले दिएको ३०५ रनको बिशाल लक्ष्य पछ्याएको बागमती ४५.५ ओभरमा २३५ रनमा अलआउट बन्यो।

जसमा नन्दन यादवले ४३, ईशान पाण्डेयले ३५ र रामनरेश गिरीले २८ रनमा अविजित रहे।

प्रदेश–१ का श्रवण यादवले ३, फ्रिदोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले २/२ विकेट लिए।

त्यसअघि, कीर्तिपुरमा पहिला ब्याटिङ गरेको प्रदेश–१ ले ओपनर अंकित सुवेदीको शतक सहयोगमा वागमती प्रदेशलाई ३०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। अंकितले १३४ बलमा ११० रनको शतकीय पारी खेले। उनले १२ चौका र १ छक्का प्रहार गरे। अंकितले कप्तान सिद्धान्त लोहनीसँग छैटौं विकेटका लागि १३१ रनको साझेदारी गरे। कप्तान सिद्धान्तले ४० बलमा ७० रन बनाए।

विवेक आनन्द मेहताले ३०, सोनु अन्सारीले १९, श्रवण यादवले ११, र निरज मुखियाले १० रन जोडे। त्यस्तै, फिरदोश अन्सारी १० रनमा अविजित रहे।

बागमतीका लागि रामनरेश गिरीले सर्वाधिक ५ विकेट लिए। सूर्य तामाङ, प्रतिश जिसी, ईशान पाण्डे र नन्दन यादवले समान १/१ विकेट लिए।