यु–१५ महिला साफ च्याम्पियनसीप: नेपालसँग बंगलादेश स्तब्ध

जनसम्मत
कार्तिक १९, २०७९, शनिबार

बंगलादेशमा जारी यु–१५ साफ महिला च्याम्पियनसीप फुटबलमा नेपालसँग बंगलादेश स्तब्ध भएको छ।

नेपालले बंगलादेशलाई १–० गोलले हराएको हो। नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले निर्णायक गोल गरिन्। बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान अंकविहीन रहँदै पुछारमा छ। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुवैले भुटानलाई हराएका थिए।

बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो। च्याम्पियनसीपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।