भलामबासीको समस्यामा मेरो सधैं साथ रहन्छ: थापा

जनसम्मत
कार्तिक १८, २०७९, शुक्रबार

गण्डकी प्रदेश सभा क्षेत्र २ ‘ख’ का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले भलामबासीको समस्यामा सधैंै साथमा रहने बताएका छन्।

पोखरा महानगरपालिका २० भलाममा स्थानीयको समस्या बुझ्दै गर्दा खानेपानीको समस्या रहेको बताएपछि समाधानका लागि पहल गर्ने बताएका हुन्।

स्थानीयले पानीको समस्या रहेको बताउँदै आगामी निर्वाचनमा जितेर उक्त समस्या समाधान गरिदिन अग्रह गरेका हुन्। स्थानीय हरि खत्रीले आफूहरु खानेपानीका लागि निकै संघर्ष गर्नुपरेको सुनाए।

‘हामीलाई बाटो दिनुभयो भलाममा पनि पिछडिएको क्षेत्रलाई सडक सञ्जालमा जोड्नुभयो अब पानी ल्याइदिनुस’ उनले भने, ‘काम गर्नेलाई नै भन्ने हो अरुलाई भनेर साध्य हुँदैन तपाईँमाथि हाम्रो विश्वास छ।’

उक्त कुरा सुनेपछि थापाले आफूले सकेको सहयोग सधैं गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताकै लागि आफू पुन: उम्मेदवार भएको बताए। हरेक समस्यासँग जुध्ने थापाको भनाई थियो। थापाले आफूले नयाँ ५ योजना लिएर निर्वाचनमा होमिएको समेत सुनाए। सानो क्षेत्रलाई मात्र नभई समग्र राष्ट्र हितका लागि आफूले योजना अघि सारेको पनि उनले सुनाए।

गण्डकी प्रदेशमा आफूले उर्जालाई विशेष प्राथमिकता दिएको बताए। उनले गण्डकी प्रदेशमा १२ हजार मेगावटसम्म जलविद्युत निकाल्न सकिने भएपनि थोरै मात्रामा जलविद्युत निकालिएको सुनाए।

यस्तै उनलाई मुख्यमन्त्रीको रुपमा हेर्ने चाहाना भएको भलामबासीले बताएका छन्।

‘अबको मुख्यमन्त्री तपाईँ हुनुपर्छ । हामीले सुनेको अरुनै हुन्छन रे त्यसो नहोस् सुभकामना छ ’, ८२ वर्षिय वृद्धाले भने।