मोरङको बेलबारी बेतना सिमसार क्षेत्र (फोटो फिचर)

जनसम्मत
कार्तिक २०, २०७९, आइतबार

मोरङकै पर्यटन गन्तव्यको संभावना बोकेको बेलबारी बेतना सिमसार क्षेत्र संरक्षणको पर्खाइमा छ।

बेलबारी नगरपालिका वडा नं ३ र ४ मा फैलिएको यस सिमसार क्षेत्रलाई संरक्षण गर्न सके मोरङ र बेलबारी नगरकै थप पहिचान बढ्छ।

पूर्व–पश्चिम राजमार्गको बेलबारीस्थित दायाँवयाँ क्षेत्रमा फैलिएको यस सिमसार क्षेत्रभित्रको पोखरीको सरसफाई, जलकुम्भी झारको नियन्त्रण गर्न सके पोखरीहरु सुन्दर देखिनेछन्।

बन जंगल तथा बन्यजन्तुको संरक्षण गर्न सके पर्यटकहरु एवं अवलोकनकर्ताको संख्या बढ्नेछ।

खुल्ला वातावरण मनपराउने जिवजन्तुका लागि यहाँ अव्यवस्थित खोरभित्र थुनेर राखिएको छ। बन्यजन्तुका लागि व्यवस्थित वासस्थान तथा चरणको व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सम्बन्धित सरोकारवाला र स्थानीयको पहलमा मात्रै यस सिमसार क्षेत्रको व्यवस्थापन विकास हुनसक्छ। तर, यि निकायहरुको ध्यान कमै गएको हो कि भन्ने यस सिमसार क्षेत्रभित्र छिर्ने जोसुकै अवलोकनकर्तालाई महसुस हुन्छ।

 

हेरौं, सिमसार क्षेत्रको फोटोफिचर

 

तस्बीर: नारायण शाही