पुष १२ गतेबाट २२ औं आहा ! रारा गोल्डकप फुटबल सुरु

जनसम्मत
कार्तिक २४, २०७९, बिहीवार

२२ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी पुष १२ गते देखि २३ गतेसम्म हुने भएको छ।

नेपालकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित आमन्त्रित आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर्दै सोबारे जानकारी गराएको हो।

क्लवका महासचिव रामजीप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्याराभान गोल्ड कपसहितलाई यो वर्षबाट समावेश गरिएको जनाइएको छ। यसअघि, क्याराभान कपलाई आहा राराको संस्करणमा समावेश गरिएको थिएन।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछन्। गत वर्षको विजेता एपीएफ क्लब र उपविजेता मनाङ मस्र्याङ््दी क्लब हो।

‘आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं’ को नारासहित वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब पोखराले खेलकुद (फुटबल), शिक्षा र सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ।