जनमतको कदर गर्दै सेवामा खटिरहन्छु: बराल

जनसम्मत
कार्तिक २६, २०७९, शनिबार

कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गरेका छन्।
झुटो कुरा नगर्ने र सक्ने कुरा मात्र गर्ने भन्दै उनले जनपक्षिय काम गर्ने बताए।

शुक्रबार पोखरा–२९ मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिदै भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउन प्रयास गर्ने प्रतिवद्वता व्यक्त गरे।

‘आज मात्रै होइन, भोलि पनि भेटिनुपर्छ’, उनले भने, ‘झुटो नबोली जनताले प्राथमिकताका आधारमा तय गरेका योजना नै मेरा योजना हुन्।’

५ दलीय गठबन्धनका साझा उम्मेद्वार बरालले गठबन्धनको संघ र प्रदेश बन्दा सरकारलाई काम गर्न सजिलो हुने भन्दै गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे।

गठबन्धन राम्रो र प्रभावकारी हुँदा हाम्रो वातावरण निर्माण भएको र चुनाव जित्ने वातावरण बनेको उनको भनाई छ।

उम्मेद्वार बरालले सीपमूलक शिक्षा र उद्यमशीलतालाई विशेष जोड दिदै आएका छन्।

उनले शनिवार पोखरा–१२ मा मतदाता भेटघाट र घरदैलो गर्ने कार्यक्रम छ।