यु–१५ महिला साफको उपाधि नेपाललाई

जनसम्मत
कार्तिक २५, २०७९, शुक्रबार

अन्तिम खेलमा शुक्रबार घरेलु टिम बंगलादेशलाई १–१ को बराबरीमा रोकेसँगै यु–१५ महिला साफ च्याम्पियनसीपको उपाधि नेपालले जितेको छ।

ढाकामा सम्पन्न खेलको अन्तिम मिनेटमा घरेलु टिम बंगलादेशले पाएको पेनाल्टी नेपालकी गोलकिपर सुजता तामाङले बचाएपछि नेपालले उपाधि उचालेको हो।

जितसँगै डबल राउन्ड रोबिन पद्धतिमा भएको प्रतियोगितामा नेपालले १० अंक जोडेको छ। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले, दोस्रो खेलमा बंगलादेशलाई १–० ले तेस्रो खेलमा भुटानमाथि पुन: १–० को जित निकालेको थियो।

दोस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ४ खेलबाट ७ अंक जोड्यो। यस्तै, पुछारको भुटान भने अंकविहीन रह्यो।

उपाधिसँगै नेपालकी गोलकिपर सुजाता प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर घोषित भइन्। ‘फेयर प्ले अवार्ड’ बंगलादेशले जित्दा ९ गोलसहित बंगलादेशकै सौरभी अकान्डा प्रिति उच्च गोलकर्ता बनिन्। सौरभी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन्।