नेपाल र बंगलादेशमा यु–१९ महिला विश्व कप क्रिकेट हुने

जनसम्मत
कार्तिक २७, २०७९, आइतबार

नेपाल र बंगलादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज (आइतबार) सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो।

सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलंका तथा सन् २०२६ को जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन्।

२०२५ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट मलेसिया र थाइल्यान्डले गर्ने भएको आइसीसीले जनाएको छ।