इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–२० विश्वकपको उपाधि

जनसम्मत
कार्तिक २७, २०७९, आइतबार

इङ्ल्यान्डले आइसीसी टी–२० विश्वकपको उपाधि जितेको छ।

आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर मा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

इङ्ल्यान्डले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो। इङ्ल्यान्डका लागि वेन स्टोक्सले अर्धशतकीय पारी खेले। उनले ५२ रनको योगदान गरे। त्यस्तै, जोस बट्लरले २६ रन बनाउँदा मोहिन अलीले १९ रन बनाए। हेरी ब्रोकले २० रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।

पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे। त्यस्तै, कप्तान बाबर आजमले ३२ रन बनाए। सादब खानले २० रनको योगदान गरे। इङ्ल्यान्डका लगि श्याम करनले ३ विकेट लिए। त्यस्तै, आदिल राशिद र क्रिस जोर्डानले २/२ विकेट लिए। त्यस्तै, वेन स्टोकले १ विकेट लिए।