फोटो पत्रकार संघ कास्कीमा पौडेल

जनसम्मत
कार्तिक २७, २०७९, आइतबार

नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन्।

संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भए। यस्तै, सदस्यहरुमा अशेष शाक्य र संजय शाक्य निर्विरोध निर्वाचित भए। ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु समितिले चयन गर्ने निर्वाचन समिति संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन्।

सल्लाहकारहरु राम गुरुङ, कृष्णमणी बराल, इन्द्रप्रसाद पौडल निवर्तमान अध्यक्ष प्रदिप पौडेल छन्।