एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: युएईले नेपाललाई ८४ रनले हरायो

जनसम्मत
कार्तिक २८, २०७९, सोमबार

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई ८४ रनले हराएको छ।

आज (सोमवार) त्रिवि मैदानमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए। बलिङतर्फ युएईका आयन अफजल खानले ४ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो। युएईका लागि रोहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए। बलिङतर्फ नेपालका गुलसन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।