जेठको २० गते दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन

नेपाली र विदेशीसहित करिब १ सय जनाको म्याराथनमा सहभागिता

जनसम्मत
जेठ ७, २०७६, मंगलवार

काठमाण्डौं । अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण यही जेठ महिनाको २० गते आयोजना हुने भएको छ ।

आयोजक अन्नपूर्ण काठमाडौँ समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा सञ्चालन गरिने जानकारी गराएको थियो । म्याराथनमा नेपाली र विदेशी गरी करिब १ सय जनाले दौडने आयोजकले जनाएको छ ।

४२ सय मिटर उचाइबाट सुरु हुने म्याराथनको सुरुवात अन्नपूर्ण आधार शिविरबाट हुनेछ । त्यसपछि माछापुच्छ्र«े आधारशिविर हुँदै वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय उचाइमा रहेको घान्द्रुकमा सकिने छ ।

म्याराथनमा प्रथम हुनेले १ लाख ५ हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५५ हजार, चौथोले ११ हजार, पाँचौंले १० हजार, छैटौंले ९ हजार र सातौंले ८ हजार, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार रुपैयाँ पाउने छन् ।