मैत्रीपूर्ण फुटबल: नेपालले पाकिस्तानलाई हरायो

जनसम्मत
कार्तिक ३०, २०७९, बुधबार

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

आज (बुधवार) दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हरायो।

नेपालको जितमा अञ्जन विष्टले गोल गरे। उनले खेलको ८३ औँ मिनेटमा गोल गरे। अञ्जनले सुनिल बलको क्रसमा गोल गरेका हुन्। उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो।

गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाए।

विश्व फुटबल महासंघ (फिफा) ले ३ वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग मैत्रीपूर्ण फुटबल खेलेको हो।

योसँगै नेपाल र पाकिस्तानले अहिलेसम्म १८ वटा खेल खेलेको छ। जसमा पाकिस्तानले ७ र नेपालले ६ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ।