आफूले दिएको मत बदर हुनसक्छ, ख्याल राखौं

जनसम्मत
कार्तिक ३०, २०७९, बुधबार

मत बदर हुनबाट जोगिन नागरिकले मतदान गर्दा ख्याल गर्नुपर्ने हुन्छ।

नागरिकले मतदान गर्दा ख्याल पुर्‍याए मत बदर हुनबाट जोगिने निर्वाचन आयोगका उपसचिव एवं सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले सुझाएका छन्।

अर्यालकाअनुसार सबैभन्दा पहिले मतदान गर्ने मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भएको हुनुपर्छ। यदि, अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान गरेको छ भने त्यस्तो मतपत्र बदर हुन्छ। ती, मतपत्र गणना गर्दा हस्ताक्षर नभएको मत फेला परेमा बदर मततिर छुट्याउनुपर्ने हुन्छ।

एउटा मतपत्रमा एक ठाउँमा मात्रै स्वस्तिक छाप लगाउनुपर्नेमा २ ठाउँमा लगाएमा त्यो मत पनि बदर हुन्छ, मत खेर जान्छ। स्वस्तिक छाप लत्पतिएको नबुझिने छ भने त्यो मत पनि खेर जान्छ।

२ वा २ भन्दा बढी कोठामा पर्ने गरी स्वस्तिक छाप लगाइएको छ भने पनि त्यस्तो मत खेर जाने हुन्छ। तोकिएको स्वस्तिक छापबाहेक औँठा छाप अथवा अन्य चिह्नलेसमेत संकेत गरेको छ भने त्यो मत पनि बदर हुने अर्यालको भनाई छ।

तलकाे लिंकमा गएर भिडियाे समाचार हेर्नुहोस

https://www.facebook.com/watch/?v=689755172697144