मतदान गर्ने सही तरिका

जनसम्मत
मंसिर ४, २०७९, आइतबार

आज (मंसीर ४ गते, आइतबार) प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदैछ।

आज बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले मतदान गर्ने सही तारिकाका बारेमा जानकारी गराइसकेको छ। मतदान गर्दा मतपत्र बदर नहोस् भन्नेबारेमा सचेत गराइएको छ।
आयोगका अनुसार मतदाताका लागि ४ चरणमा मतदान गर्ने कार्य सम्पन्न हुनेछ।

चरण–१

१. प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको पहिलो मतपत्र लिनुहोस्।

२. स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस्।

३. मतपत्र सही तरिकाले पट्ट्याउनुहोस र सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुहोस्।

 

चरण–२

१. प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको दोस्रो मतपत्र लिनुहोस्।

२. स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुहोस्।

३. मतपत्र सही तरिकाले पट्ट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस्।

चरण–३

१. प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको तेस्रो मतपत्र लिनुहोस्।

२. स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस्।

३. मतपत्र सही तरिकाले पट्टयाउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रङले ‘३’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस्।

चरण–४

१. प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको चौथो मतपत्र लिनुहोस्।

२. स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस्।

३. मतपत्र सही तरिकाले पट्टयाउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ‘४’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् र मतदान केन्द्रबाट बाहिर जानुहोस्।