निर्वाचनमा मुस्ताङले जन्मायो ३ नयाँ अनुहारहरु

जनसम्मत
मंसिर ६, २०७९, मंगलवार

हिमालपारीको जिल्ला मुस्ताङमा नयाँ अनुहारले विजय हासिल गरेका छन्।

मंसीर ४ को निर्वाचनमा एउटै मात्र निर्वाचन क्षेत्र भएको मुस्ताङमा नेपाली काँग्रेसका ३ उम्मेदवारले बाजी मारेका छन्।

प्रतिनिधिसभाका लागि योगेश गौचन र गण्डकी प्रदेशसभातर्फ नम्डु गुरुङ र विकल शेरचनले जित हासिल गरेका छन्।

विजयी ३ जनानै ४० वर्षमुनीका युवाहरु हुन्।

प्रतिनिधिसभाका लागि विजयी गौचन २९ वर्षका छन्। प्रदेशसभातर्फ विजयी नम्डु ३४ वर्ष र विकल ३९ वर्षका छन्।

गौचनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पछि पार्दै विजयी भएका हुन्। योगेशले ३ हजार ९९२ मत ल्याउँदा प्रेमप्रसादले ३ हजार ७८ मत प्राप्त गरे।

त्यस्तै, मुस्ताङको (१) बाट निर्वाचित नम्डुले निवर्तमान एमाले प्रदेश सांसद इन्द्रधारा बिष्टलाई २५५ मतले पराजित गरे। नम्डुले १ हजार ४८ मत ल्याए भने इन्द्रधाराले ७९३ मत ल्याए।

त्यसैगरी, मुस्ताङकै (२) बाट विकलले एमालेकै प्रदेश सांसद चन्द्रमोहन गौचनलाई १५८ मतले पछि पार्दै बाजी मारे। विकलले २ हजार ७२३ मत ल्याउँदा चन्द्रमोहनले २ हजार ५२५ मत ल्याए।