६० प्रतिशत मत खस्यो

जनसम्मत
मंसिर ४, २०७९, आइतबार

आज (मंसीर ४, आइतबार) देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भएको छ।

आज बिहान ७ देखि साँझ ५ बजेसम्मको निर्धारित समयमा देशभरका मतदाताहरुले मतदान गरेका छन्। निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ।

यो पाली केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ। निर्धारित समय सकिएपनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन्। मधेस प्रदेशमा कुनैपनि मतदान केन्द्रमा मतदान स्थगन नभई सम्पन्न भएको समाचार छ।

हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको छ। दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। बाजुरामा हिंसात्मक घटना भएको जानकारी आएको छ।