‘८ दिनभित्र सबै नतिजा आउँछ’, प्रमुख आयुक्त थपलिया

जनसम्मत
मंसिर ६, २०७९, मंगलवार

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनका सबै नतिजा आउने बताएका छन्।

थपलियाले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ।’

मंगलवार काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै थापलियाले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने बताए। उनले भने, ‘८ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको छ।’