काठमाडौं–४ बाट प्रतिनिधिसभामा गगन थापा विजयी

जनसम्मत
मंसिर ६, २०७९, मंगलवार

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन्।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार सो क्षेत्रबाट ४५ हजार ९२९ मत खसेकोमा २१ हजार ३०२ मतसहित गगन विजयी भएका हुन्।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए।

त्यस चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए। तर, ३२ सयको मतान्तरले थापाले जित निकालेका थिए।

यसपटक थापाले फरक मतान्तरले जित निकालेका हुन्।