झापा–१ बाट काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतान्तरसहित निर्वाचित भएका छन्।

झापा जिल्ला निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि विश्वप्रकाश विजयी बनेका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई हराएका हुन्।

अन्तिम मत परिणामअनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए।

शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन्। यो क्षेत्रबाट २०७४ सालमा शर्माले नेकपा माओवादी केन्द्रमा राम कार्कीका नामले परिचित सुरेन्द्रकुमार कार्कीसँग चुनाव हारेका थिए।