ताप्लेजुङ–१ बाट योगेश भट्टराई विजयी

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

ताप्लेजुङ–१ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्।

योगेशले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकीमाथि २०८ को झिनो मतान्तर निकाल्दै जित निकालेका हुन्।

योगेशले २१ हजार ९४३ मतसहित जित हासिल गरेका हुन्।

त्यस्तै, नेकपा मओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेर २०८ मत अन्तरले हार बेहोरेका छन्।

योगेशले ताप्लेजुङबाट लगातार दोस्रो पटक जित हासिल गरेका हुन्।