झापा–५ बाट एमाले अध्यक्ष ओली भारी मतान्तरले विजयी

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन्।

अध्यक्ष ओलीले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवारलाई २८ हजार ३८८ को भारी मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।

ओलीले ५१ हजार ६१९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए।

अध्यक्ष ओली योसँगै यस निर्वाचन क्षेत्रबाट ६ पटक विजयी बनेका छन्। यसअघि, उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका हुन्।

२०७४ को निर्वाचनमा पनि ओली यसै निर्वाचन क्षेत्रबाट ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए।