गोरखा–१ (१) बाट माओवादीका धिताल विजयी

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका धितालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापामाथि ५ हजार ६३५ को मतान्तरले जित निकालेका हुन्।

मतगणनाको अन्तिम नतिजामा धितालले १५ हजार ४५७ मत ल्याउँदा थापाले ९ हजार ८२२ मत ल्याए।