गोरखा–१ प्रदेशसभा (२) बाट काँग्रेसका नन्दप्रसाद न्यौपाने विजयी

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने विजयी बनेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका न्यौपानेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद भट्टराईमाथि ८ हजार ७६२ को भारी मतान्तरले जित निकाल्दै विजयी बनेका हुन्।

मतगणनाको अन्तिम नतिजामा न्यौपानेले १६ हजार २६५ मत ल्याउँदा भट्टराईले ७ हजार ५३३ मत ल्याए।