पूर्वी नवलपुर–१ को प्रदेशसभा (१) बाट महेन्द्रध्वज जिसी विजयी

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका महेन्द्रध्वज जिसी विजयी बनेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका जिसीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्र अधिकारीमाथि १ हजार १५० को मतान्तरले जित निकालेका हुन्।

मतगणनाको अन्तिम नतिजामा जिसीले १५ हजार १३७ मत ल्याउँदा अधिकारीले १३ हजार ९८७ मत ल्याए।