पूर्वी नवलपुर–१ को (२) बाट एमालेका रोसन गाहा विजयी

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) बाट नेकपा एमालेका रोसनबहादुर गाहा थापा विजयी बनेका छन्।

रोसनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का लोकप्रसाद भुर्तेलमाथि ३ हजार ७१३ को फराकिलो मतान्तरले हराउँदै विजयी बनेका हुन्।

मतगणनाको अन्तिम नतिजामा रोसनले १७ हजार ८२३ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका भुर्तेलले १४ हजार ११० मत ल्याए।