पूर्वी नवलपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. शशांक निर्वाचित

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका डा शशांकले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद पौडेलमाथि २ हजार २० मतले जित निकालेका हुन्।

मतगणनाको अन्तिम नतिजामा डा शशांकले २० हजार ०६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले २५ हजार ०४७ मत प्राप्त गरे।