गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका बजगाईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतमाथि १६ हजार ६४३ को भारी मतान्तरले जित निकाल्दै विजयी बनेका हुन्।

मतगणनाको अन्तिम नतिजामा बजगाईले ३३ हजार ४२८ मत प्राप्त गर्दा बस्नेतले १६ हजार ७८५ मत पाए।