गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा ‘प्रचण्ड’ विजयी

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतसहित विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार ‘प्रचण्ड’ ले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीमाथि १३ हजार ४६६ को फरक मतान्तरले हराउँदै विजयी बनेका हुन्।

मत गणनाको अन्तिम नतिजामा प्रचण्डले २६ हजार १०३ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए।