गोरखा–२ को प्रदेशसभा (१) बाट नेपाल समाजवादीका देवकोटा निर्वाचित

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा निर्वाचित भएका छन्।

गोलाकारभित्र हँसिया हँथौडा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकोटाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजु रानालाई ७ हजार ००२ को मतान्तरले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्।

मतगणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका देवकोटाले १२ हजार ४१८ मत ल्याउँदा रानाले ५ हजार ४१६ मत प्राप्त गरे।