गोरखा–२ को प्रदेहशसभा (२) बाट काँग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बसन्तकुमार गुरुङलाई ११ हजार ५१७ को भारी मतले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्।

मतगणनाको अन्तिम नतिजामा पाण्डेले १६ हजार ८८७ मत ल्याए भने गुरुङले ५ हजार ३७० मत प्राप्त गरे।