पूर्वी नवलपुर–२ बाट प्रतिनिधिसभामा काँग्रेसका विष्णुकुमार कार्की निर्वाचित

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका विष्णुकुमार कार्की निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका भुर्तेलले नेकपा एमाले उम्मेदवार तिलबहादुर महत क्षत्रीलाई २ हजार ०२२ मतले हराउँदै सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधित्व गर्ने भएका हुन्।

मतगणनाको अन्तिम नतिजामा कार्कीले ३६ हजार १३२ मत ल्याउँदा एमाले उम्मेदवार क्षत्रीले ३४ हजार ११० मत ल्याए।