पूर्वी नवलपुर–२ को प्रदेशसभा (१) बाट एमालेकी पद्मा जिसी विजयी

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

नवलपुर (पूर्व) जिल्लाको निर्वाचन क्षेत्र नं २ को (१) बाट नेकपा एमालेकी महिला उम्मेदवार पद्मा जिसी निर्वाचित भएकी छिन्।

पद्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी) का सौगमकुमार सिरपाली वि.क.लाई ४ हजार ६३८ को फरक मतान्तरले सो क्षेत्रबाट गण्डकी प्रदेशसभाका लागि प्रतिनिधित्व गर्ने भएकी हुन्।

मतगणनाको अन्तिम नतिजामा पद्माले १९ हजार ३९६ मत ल्याइन् भने सौगमकुमारले १४ हजार ७ ५८ मत प्राप्त गरे।