पूर्वी नवलपुर–२, प्रदेशसभा (२) बाट एमालेका पाण्डे विजयी

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

नवलपुर (पूर्व) जिल्लाको निर्वाचन क्षेत्र नं २ को (२) बाट नेकपा एमालेका लक्ष्मणबहादुर पाण्डे विजयी बनेका छन्।

पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का गोपालप्रसाद खनाललाई ४ हजार ०४६ को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट गण्डकी प्रदेश सभाका लागि सदस्यमा निर्वाचित भएका हुन्।

मतगणनाको अन्तिम नतिजामा पाण्डेले १८ हजार ८२२ मत ल्याएका छन् भने वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका खनालले १४ हजार ७७६ मत ल्याएका छन्।