लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उपमहासचिव पृथ्वीसुब्बा विजयी

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

लमजुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी बनेका छन्।

पृथ्वीसुब्बाले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १९४ को फरक मतान्तरले हराउँदै जित निकालेका हुन्।

मतगणनाको अन्तिम नतिजामा पृथ्वीसुब्बाले ३४ हजार ९८५ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका देव गुरुङले ३१ हजार ७९१ मत ल्याए।