लमजुङ प्रदेशसभा (१) बाट काँग्रेसका डा टकराज विजयी

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

लमजुङ जिल्लाको प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका डा टकराज गुरुङ विजयी बनेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका डा टकराजले नेकपा एमाले उम्मेदवार जमिन्द्रमान घलेलाई १ हजार १६९ को मतान्तरले हराएका हुन्।

मतगणनाको अन्तिम नतिजामा डा टकराजले १८ हजार ५१४ मत ल्याउँदा जमिन्द्रमानले १७ हजार ३४५ मत प्राप्त गरे।