लमजुङ प्रदेशसभा (२) मा काँग्रेसका भेषबहादुर पौडेल निर्वाचित

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

लमजुङ जिल्लाको प्रदेशसभा (२) मा काँग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन्।

वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका पौडेलले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीलाई ७५० को झिनो मतान्तरले हराउँदै विजयी बनेका हुन्।

मतगणनाको अन्तिम नतिजामा पौडेलले १९ हजार ५६० मत ल्याउँदा अधिकारीले १८ हजार ८१० मत ल्याए।