कास्की–३ को प्रदेशसभा (१) बाट एमालेका गणेशमान निर्वाचित

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (१) बाट एमाले उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन्।

गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८११ को फरक मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्।

मतगणनाको अन्तिम नतिजामा गुरुङले १४ हजार ४७३ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका भण्डारीले ९ हजार ६६२ मत प्राप्त गरे।