कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ‘बैरागी’ विजयी

जनसम्मत
मंसिर ९, २०७९, शुक्रबार

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ विजयी भएका छन्।

निर्वाचन आयोग कास्की कार्यालयका अनुसार ‘बैरागी’ ले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ लाई ५ हजार ४४५ मतान्तरले निर्वाचित बने।

मत गणनाको अन्तिम नतिजामा ‘बैरागी’ले २२ हजार, ९८० मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका ‘जीवन’ले १७ हजार ४४५ मत प्राप्त गरे।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८९ मत ल्याए।