कास्की–३ प्रदेशसभा (२) बाट काँग्रेसका प्रकाश बराल विजयी

जनसम्मत
मंसिर ९, २०७९, शुक्रबार

कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका प्रकाश बराल विजयी बनेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका बरालले निकटतम प्रतिद्वन्द्वी एमालेका राजीव पहारीमाथि ४६५ मतान्तरले जित हासिल गरेका हुन्।

मत गणनाको अन्तिम नतिजामा बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत ल्याए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले २ हजार ५६० मत ल्याए।