कास्की–१ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका मनबहादुर विजयी

जनसम्मत
मंसिर ९, २०७९, शुक्रबार

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ विजयी बनेका छन्।

मनबहादुरले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कास्की जिल्ला पार्टी सभापति किशोरदत्त बराललाई २ हजार ५१९ को फरक मतान्तरले हराउँदै निर्वाचित भए।

मत गणनाको अन्तिम नतिजामा गुरुङले २५ हजार ७०८ मत प्राप्त गरे। उता, वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका बरालले भने २३ हजार १८९ मत पाए।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार ९४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ०८ मत प्राप्त गरे।