कास्की–२ को प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई निर्वाचित

जनसम्मत
मंसिर ८, २०७९, बिहीवार

 

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेकी महिला उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छिन्।

उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलमाथि ४ हजार ५०२ मतान्तरले विजयी बनेकी हुन्।

मत गणनाको अन्तिम नतिजामा भट्टराईले १६ हजार ९९८ मत ल्याएकी छिन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४९५ मत ल्याए।

उता, भट्टराईकी प्रतिद्वन्द्वी अनुमान लगाइका नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बराल अनपेक्षित रुपमा तेस्रो स्थानमा रहे।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका बरालले ९ हजार ६६१ मत प्राप्त गरे।